0 COMMENTS

असार ३, मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घरमै सुतिरहेको अवस्थामा आज बिहान ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार चट्याङ लागेर घाइते भएका प्रजाको हेटौँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो । मृतकको शव अस्पतालमा राखिएको छ । 

घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।