0 COMMENTS

जेठ २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा प्रदेश ५ का संयोजक श्यामबहादुर बोहराकी जीवनसंगिनी चन्द्रकला बोहरा (चुनौती) को असामयिक निधन भएको छ । मृतक चन्द्रकला बोहरा चुनौतीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका संयोजक किरणले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै कमरेड चुनौतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र कमरेड श्यामबहादुर बोहरा अटल लगायत शोकसन्तप्त परिवारजनमा हार्दिम समवेदना व्यक्त गर्नुभएको छ ।

श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “त्रिवेणी गाउँपालिका वडा नं. २ रुकुम (पश्चिम) निवासी चन्द्रकला बोहरा (क. चुनौती)को २०८१ जेठ २३ गते राती ८ः५५ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्मा उपचारको क्रममा दुःखद निधन भएको छ । उहाँले ०५३ सालदेखि तत्कालीन नेकपा (माओवादी) निकट विद्यार्थी संगठन हुँदै पार्टीका विभिन्न तहका जिम्मेवारीमा रहेर इमान्दारीपूर्वक निशर्त भूमिका निर्वाह गर्दै आउनु भएको थियो । उहाँ हाम्रो पार्टीका महाधिवेशन आयोजक समितिको सचिवालय सदस्य तथा ५ नं. प्रदेश संगठन समितिका संयोजक कमरेड श्याम बहादुर बोहराकी जीवन संगिनी हुनुहुन्थ्यो । उहाँका दुई छोरीहरु डेनिशा बोहरा र गायत्री बोहरा हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना इमान्दार क्रान्तिकारी योद्धा गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी क. चुनौतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र क. श्यामबहादुर बोहरा तथा छोरीहरु सहित सम्पूर्ण परिवार एवम् आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।