0 COMMENTS

जेठ २४, काठमाडौँ । नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रूपमा आइतबार शपथ लिने भएका छन् । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्न लागेका हुन् । 

लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको समाचार प्राप्त भएको छ ।

भाजपा नेता नरेन्द्र मोदीको शपथ हुनेभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिल्ली जाने तयारी गरेका छन् । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जान लागेका हुन् । फोनमार्फत् नरेन्द्र मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्री प्रचण्डलाई निम्तो गरेका थिए। मोदीको शपथ आइतबार दिल्लीमा हुँदैछ।

शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित भएको सुझाव आएपछि मोदीले यो निर्णय लिएका हुन्। तर मोदीको सचिवालयले अहिलेसम्म औपचारिक घोषणा गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।