0 COMMENTS

जेठ २०, काठमाडौँ ।  नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँ र  तेजाबी सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन बिहीबार एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरीआज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।