0 COMMENTS

जेठ २०, जुम्ला : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं. प्रदेश समितिले सरकारी सवारी साधनहरूको दुरूपयोगलाई रोक्ने कार्यक्रम अन्तर्गत शनिबार जुम्लाको ताताेपानी गाउँपालिका क्षेत्रमा प्रयोगमा ल्याएका गाडीहरू नियन्त्रणमा लिएको समाचार प्राप्त भएकाे छ।

नियन्त्रणमा लिएकोमा अधिकांश जिम्मेवार सरकारी कर्मचारीनै देखिन्छन् जसमा उच्च अदाल्लत जुम्लाका रजिस्टार ले प्रयोग गर्ने बागमती प्रदेश ०१०० २ झ ५१७९ नम्बरको गाडी ताताेपानी गा. पा. २ नं. वाड अध्यक्ष कर्ण बा कठायत सवार क. १ ब ५२ प २२० , चन्दननाथ नगरपालिका कर्माचारी मनोज नाथ योगी सवार क. १ ब ११२ प १५० , तातोपानी गा.पा कर्माचारी अमरराज डाँगी सवार क. १ ब ३६६ , कृषि कार्यालय जुम्लाका कर्माचारी सवार क. १ बा ७ लगाएत दर्जनौं गाडीहरु नियंत्रणमा लिएका छन् ।

नियन्त्रणमा लिएका सवारीसाधनहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयमा बुझाइएको संगठनका प्रदेश संयोजक प्रकाश शर्मा ले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।