0 COMMENTS

जेठ १९, ललितपुर । पशु सेवा कार्यालय, ललितपुर, बागमती प्रदेशद्वारा आयोजित “विश्व दुध दिवश – २०८१ तथा दुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुसार चौंथो दिन शुक्रबार पशु सेवा कार्यालय, ललितपुरमा आएका सेवाग्राहीहरुलाई दुग्धजन्य परिकार खुवाएर कार्यक्रम सम्पन्न भएको छ ।

“दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने नाराका साथ विश्व दुध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुसार चौंथो दिन शुक्रबार पशु सेवा कार्यालयमा आएका सेवाग्राहीहरुलाई दुग्धजन्य परिकार मही खुवाएर कार्यक्रम सम्पन्न भएको हो ।

विश्व दुध दिवस २०८१, मंगलबार जेष्ठ १५ देखि सप्ताह व्यापी रूपमा मनाउने क्रममा तेस्रो दिन बिहिबार ललितपुर, धापाखेल स्थित नेपाल स्नेही काखमा रहेका ९४ जना सडक मानवहरुलाइ दुध तथा दुग्धजन्य परिकार वितरण गरिएको थियो । दुध तथा दुग्धजन्य परिकार वितरण कार्यक्रममा २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय ५० वटा रसवरी वितरण गरिएको थियो । पशु सेवा कार्यालय, ललितपुरका प्रमुख डा.नितेश कार्की, कार्यालयका अधिकृत कृष्ण बहादुर कार्की, राम बहादुर खड्का, अमित कुमार श्रेष्ठ र स्नेह काखकी संचालिका, कर्मचारीहरु, त्यहाँ आश्रित सडक मानवहरुको उपस्थितिमा एक कार्यक्रमका बीच दुध तथा दुग्धजन्य परिकार वितरण गरिएको थियो ।

त्यसैगरी विश्व दुध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने क्रममा दोस्रो दिन बुधबार ललितपुरको गोदावरी–८ स्थित श्री चण्डीदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी ललितपुरकै गोदावरी–८ स्थित श्री कालीदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सय लिटर दुध, ५ केजी घिउ, ५ केजी पनिर र ५० गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी काठमाडौँको नक्साल स्थित श्री केन्द्रीय बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ४० लिटर दही, ६ सय ४० गोटा रसवरी र १७ केजी चिउरा खाजाका रुपमा वितरण गरिएको थियो ।

विभिन्न विद्यालयका दुध तथा दुग्धजन्य परिकार वितरण कार्यक्रममा पशुसेवा कार्यालय, ललितपुरका प्रमुख डा. नितेश कार्की, कार्यालयका अधिकृत कृष्णबहादुर कार्की, कार्यालयकी सूचना अधिकारी डा. सुशिला श्रेष्ठ, रामबहादुर थापा र विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो ।

“दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने नाराका साथ विश्व दुध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुसार पहिलो दिन मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ८ स्थित “श्री द्योमां जगत बृद्धाश्रम बोडे” का ३० जना बृद्धा बाआमालाई एक कार्यक्रमका बीच १०० लिटर दुध, १० लिटर ध्यू, १० केजी पनिर, ५० वटा रसवरी लगायतका दुग्धजन्य परिकार वितरण गरिएको थियो ।

१५ गतेदेखि २१ गतेसम्म चल्ने सप्तहाव्यापी कार्यक्रम अनुसार मंगलवार बिहान ‘‘ विश्व दुध दिवस –२०८१ को अवसरमा सव्ताहव्यापी दुग्धजन्य पर्दाथ उपभोग प्रवर्दधन कार्यक्रम’’ संचालन गर्ने सन्दर्भमा आयोजीत पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।