ललितपुर । ‘दुुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी शनिबार २४औँ विश्व दुध दिवस मनाइएको छ ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दुुध दिवस मनाउन सुरु गरेको हो । नेपालले पनि सन् २०११ देखि यो दिवस मनाउन थालेको हो ।
दिवसको अवसरमा पशुु सेवा कार्यालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभाग लगायतले कार्यक्रम गरेका छन् ।
दुुध दिवसको अवसरमा पशु सेवा कार्यालय ललितपुर, बागमती प्रदेशले “विश्व दुुध दिवश – २०८१ तथा दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुुसार आज पाँचौ दिन शनिवार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका, थली स्थित “सारा चिल्ड्रेन होम” मा दुध तथा दुुग्धजन्य परिकार वितरण गरेर दुुध दिवस मनायो । सो चिल्ड्रेन होममा रहेका ५५ जना बालबालिकाहरुलाई १ सय लिटर दुध, ६ केजी घिउ, ६ केजी पनिर र १ सय ५० गोटा रसवरी खुुवाएर दुुध दिवस मनाइयो । यसैगरी दुध दिवस सप्ताहव्यापी रूपमा मनाउने क्रममा चौंथो दिन शुुक्रबार पशु सेवा कार्यालय, ललितपुुरमा आएका सेवाग्राहीहरुलाई दुग्धजन्य परिकार मही खुुवाएर दुध दिवस मनाइएको थियो ।
पशु सेवा कार्यालय ललितपुर, बागमती प्रदेशलद्वारा विश्व दुुध दिवस २०८१, मंगलबार जेष्ठ १५ देखि सप्ताह व्यापी रूपमा मनाउने क्रममा तेस्रो दिन बिहिबार ललितपुर, धापाखेल स्थित नेपाल स्नेही काखमा रहेका ९४ जना सडक मानवहरुलाइ दुध तथा दुुग्धजन्य परिकार वितरण गरिएको थियो । दुध तथा दुुग्धजन्य परिकार वितरण कार्यक्रममा २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय ५० वटा रसवरी वितरण गरिएको थियो । पशु सेवा कार्यालय, ललितपुरका प्रमुख डा.नितेश कार्की, कार्यालयका अधिकृत कृष्ण बहादुर कार्की, राम बहादुर खड्का, अमित कुमार श्रेष्ठ र स्नेह काखकी संचालिका, कर्मचारीहरु, त्यहाँ आश्रित सडक मानवहरुको उपस्थितिमा एक कार्यक्रमका बीच दुध तथा दुुग्धजन्य परिकार वितरण गरिएको थियो ।
त्यसैगरी विश्व दुुध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने क्रममा दोेस्रो दिन बुधबार ललितपुरको गोदावरी–८ स्थित श्री चण्डीदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी ललितपुरकै गोदावरी–८ स्थित श्री कालीदेवी आधारभुुत विद्यालयका विद्यार्थीहरुलाई सय लिटर दुध, ५ केजी घिउ, ५ केजी पनिर र ५० गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी काठमाडौँको नक्साल स्थित श्री केन्द्रिय बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ४० लिटर दही, ६ सय ४० गोटा रसवरी र १७ केजी चिउरा खाजाका रुपमा वितरण गरिएको थियो ।
विभिन्न विद्यालयका दुध तथा दुुग्धजन्य परिकार वितरण कार्यक्रममा पशुुसेवा कार्यालय, ललितपुुरका प्रमुख डा. नितेश कार्की, कार्यालयका अधिकृत कृष्णबहादुर कार्की, कार्यालयकी सूूचना अधिकारी डा. सुशिला श्रेष्ठ, रामबहादुर थापा र विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो ।
“दुुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने नाराका साथ विश्व दुुध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुुसार पहिलो दिन मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ८ स्थित “श्री द्योमां जगत बृद्धाश्रम बोडे” का ३० जना बृद्धा बाआमालाई एक कार्यक्रमका बीच १०० लिटर दुध, १० लिटर ध्यूू, १० केजी पनिर, ५० वटा रसवरी लगायतका दुुग्धजन्य परिकार वितरण गरिएको थियो ।
१५ गतेदेखि २१ गतेसम्म चल्ने सप्तहाव्यापी कार्यक्रम अनुुसार मंगलवार बिहान ‘‘ विश्व दुुध दिवस –२०८१ को अवसरमा सव्ताहव्यापी दुुग्धजन्य पर्दाथ उपभोग प्रवर्दधन कार्यक्रम’’ संचालन गर्ने सन्दर्भमा आयोजीत पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।