0 COMMENTS

ललितपुर । “दुुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने नाराका साथ विश्व दुुध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुुसार दोस्रो दिन बुधबार ललितपुुर र काठमाडौँका विभिन्न विद्यालयमा दुध तथा दुुग्धजन्य परिकार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पशु सेवा कार्यालय, ललितपुुर, बागमती प्रदेशद्वारा आयोजित “विश्व दुुध दिवश – २०८१ तथा दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुुसार विभिन्न विद्यालयका दिवा खाजामा समावेश रहेका विद्यार्थीहरुलाई दुध तथा दुुग्धजन्य परिकार वितरण गरिएको हो ।


ललितपुरको गोदावरी–८ स्थित श्री चण्डीदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी ललितपुरकै गोदावरी–८ स्थित श्री कालीदेवी आधारभुुत विद्यालयका विद्यार्थीहरुलाई सय लिटर दुध, ५ केजी घिउ, ५ केजी पनिर र ५० गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी काठमाडौँको नक्साल स्थित श्री केन्द्रिय बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ४० लिटर दही, ६ सय ४० गोटा रसवरी र १७ केजी चिउरा खाजाका रुपमा वितरण गरिएको थियो ।

विभिन्न विद्यालयका दुध तथा दुुग्धजन्य परिकार वितरण कार्यक्रममा पशुुसेवा कार्यालय, ललितपुुरका प्रमुख डा. नितेश कार्की, कार्यालयका अधिकृत कृष्णबहादुर कार्की, कार्यालयकी सूूचना अधिकारी डा. सुशिला श्रेष्ठ, रामबहादुर थापा र विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो ।
“दुुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने नाराका साथ विश्व दुुध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुुसार पहिलो दिन मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ८ स्थित “श्री द्योमां जगत बृद्धाश्रम बोडे” का ३० जना बृद्धा बाआमालाई एक कार्यक्रमका बीच १०० लिटर दुध, १० लिटर ध्यूू, १० केजी पनिर, ५० वटा रसवरी लगायतका दुुग्धजन्य परिकार वितरण गरिएको थियो ।

१५ गतेदेखि २१ गतेसम्म चल्ने सप्तहाव्यापी कार्यक्रम अनुुसार मंगलवार बिहान ‘‘ विश्व दुुध दिवस –२०८१ को अवसरमा सव्ताहव्यापी दुुग्धजन्य पर्दाथ उपभोग प्रवर्दधन कार्यक्रम’’ संचालन गर्ने सन्दर्भमा आयोजीत पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।