0 COMMENTS

जेठ १६, काठमाडौँ । जिल्लामा अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयहरू पनि बन्द भएका छन् । अत्यधिक गर्मीको कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरु बिदा भएका हुन् ।

रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।