0 COMMENTS

जेठ १३, काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबार संसदका दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामुखले प्रधानमन्त्री प्रचण्डलाई नीति तथा कार्यक्रम पेश गर्न समय दिएका थिए । नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले संसद बैठकमा नीति तथा कार्याक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममा सांसद चित्रबहादुर केसी र प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । तर, दुबै प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार दिउँसो चार बजेका लागि बोलाइएको छ । त्यसअघि दिउँसो १ बजे संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् । सांसदहरुलाई पौने १ बजेभित्रै संसद बैठकमा आउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।