0 COMMENTS

जेठ १३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । उनीहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिनसमेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।