कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बुधबारसम्म झन्डै ४६६ भन्दा धेरै परकम्प मापन गरिएको छ ।