0 COMMENTS

कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ ।

भूकम्प मापन केन्द्रका अनुसार बुधबारसम्म झन्डै ४६६ भन्दा धेरै परकम्प मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।