0 COMMENTS

असोज २५, काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद इजरायलमा रहेका नेपालीहरूलाई लिन प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको चाटर्ड जहाजमा जाने अनुमति नमिलेपछि मन्त्री साउद अलगै इजरायल उडेका हुन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री साउद पनि निगमको जहाजमा जाने निर्णय गरेको थियो । तर, चाटर्ड उडानमा चालक दलका सदस्यलाई मात्रै अनुमति मिलेको थियो । मन्त्री साउदको नेतृत्वमा इजरायलमा युद्धमा फसेका नेपालीको उद्दार गरिने भएको छ ।

हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कविहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा सारेको छ ।

तेल अबिबस्थित नेपाली दूतावासका अनुसार करिब ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।