0 COMMENTS

असोज २५, काठमाडाैँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले गाजामा गरेको घेराबन्दी र बमबारीलाई ‘नरसंहार’ भनेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एर्दोगानले संसदमा बोल्दै भनेका छन्, ‘युद्धमा पनि नैतिकता हुन्छ तर शनिबारदेखि गाजामा जे भयो त्यो नैतिकताको उल्लंघन भएको छ ।’

उनी इजरायप्रति निकै आक्रामक देखिएका थिए । “मानिसहरूलाई आधारभूत आवश्यकताहरू पनि पूरा गर्न सक्षम हुनबाट वञ्चित गर्नु र नागरिक घरहरूलाई लक्षित गर्नु युद्ध होइन तर नरसंहार हो।” उनले भने । टर्कीले विगतमा प्यालेस्टाइनलाई समर्थन गरेको छ र हमासका सदस्यहरूलाई पनि नरम समर्थन गरेको छ। तर यसबीचमा इजरायलसँगको सम्बन्ध सुधार्ने प्रयास पनि भएको छ । युरोपेली संघ र अमेरिकाले जस्तै टर्कीले हमासलाई अतिवादी संगठन मान्दैन। एर्दोगानले हमासको आक्रमणपछि इजरायलको आक्रमणको मात्रा कुनै पनि नैतिक आधारभन्दा बाहिर रहेको बताए ।

इजरायली सेनाका अनुसार हमासको आक्रमणमा परेर इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने २७ सयभन्दा बढी घाइते भएका छन् । यसै क्रममा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो चार दिनमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १ हजार ५५ पुगेको र करिब ४५ सय व्यक्ति घाइते भएको बताएको छ । एजेन्सीको सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।