0 COMMENTS

जेठ २५, काठमाडाैँ । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो ।

आज सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतकाे कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो । बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

कार्यालयले भाद्र मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन- २०३१ अनुसार कारबाही गर्ने कार्यालयको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।