0 COMMENTS

जेठ २५, काठमाडाैँ । कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त जीप चालकले स्टार्ट गरेर रोकेका थिए । दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उहाँकी श्रीमती मैना शाहीको ज्यान गएको हो।

दुर्घटनामा सोही ठाउँका रितु सिंह घाइते भएका छन् । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चालकले जीप स्टार्ट गरी छाडेर जुत्ता लगाउन गएका बेला दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।