0 COMMENTS

जेठ २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएको थियो । अभियुक्तको तर्फबाट बहस नगर्ने केही कानुन व्यवसायीहरुले सार्वजनिक रुपमा घोषणा गरेपनि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्षदेखि पूर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

जिल्ला अदालत काठमाडौंले अभियुक्तको तर्फबाट बहस गर्ने समय ६ दिन तोकिएको छ । थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने अदालतले आदेश दिनेछ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ ।

अहिलेसम्म प्रहरीले १८ जनालाई पक्राउ गरी मुद्धा अगाडि बढाएको छ भने १२ जना अझै फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।