0 COMMENTS

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारका काम, संसदलगायतका विषयमा प्रश्न साेध्ने र त्यसको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार संसद बैठक विहान ११ बजे बस्दैछ । प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।