0 COMMENTS

वैशाख २५, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार काटेर व्यवस्थापन कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । 

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।