0 COMMENTS

वैशाख २५, काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना रहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन् । संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।