0 COMMENTS

वैशाख २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाका साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्ने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातका साथै तराई भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।