0 COMMENTS

वैशाख २४, काठमाडाैँ । सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ रहेको र संसद बैठकमा सांसदहरुको उपस्थिति पनि कमजोर भएको गुनासो गरेका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा इ-हाजिरी सुरू गर्नेबारे छलफल भएको छ । छलफलका क्रममा सभामुख घिमिरेले राष्ट्रिय सभामा भएको इ-हाजिरी प्रतिनिधि सभामा पनि लागू गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भने- संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई इ-हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।

सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम ३ दिनभित्र बुझाउन पनि दलहरूलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।