0 COMMENTS

वैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न जुनसुकै दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसंँग संक्षिप्त कुराकानी गर्दै नेपालले यसमा सहभागी साना ठूला जाेसुकै होस् सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।” उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएर सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।