0 COMMENTS

वैशाख ११, काठमाडौँ । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६३ वैशाख ११ गते संसद् पुनः स्थापना गरेको दिनको खुसियालीमा लोकतन्त्र मनाउन थालिएको हो । ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते शासन सत्ता हातमा लिएका थिए । त्यसको विरोधमा सडक संघर्षमा रहेका सात राजनीतिक दल र जनयुद्धमा गरिरहेको तत्कालिन नेकपा माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे सहमति भएको थियो ।

१२ बुँदे सहमतिपछि जनआन्दोलन सुरु भएको थियो । जनआन्दोलनमा माओवादी र सात दलको सहभागिता रहेको थियो । आन्दोलन देशभर पुगेपछि ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनः स्थापनाको घोषणा गरेका थिए । त्यही सम्झनामा हरेक वर्ष लोकतन्त्र दिवस मनाउँन थालिएको छ । यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । वि.सं २०६४ चैत २८ जपहिलो संविधानसभा चुनाव भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । गणतन्त्र स्थापनाको दिन पनि दिवस मनाइन्छ ।

आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासन सत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । सोही दिन अर्थात् वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।