0 COMMENTS

चैत १९, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

अहिले निगमले डिजेल प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँमा बिक्री गरिरहेकाे छ । घटेर आएको र बिक्री भइरहेको मूल्य अनुसार डिजेलमा प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको छ ।

नयाँ मूल्य घटेर आएपनि निगमले मूल्य घटाउछ वा अहिलेकै मूल्य कायम गर्छ औपचारिक रुपमा केही जानकारी दिएको छैन । निमगले इण्डियन आयल निगम र बैंकको ऋण तिर्न बाँकी रहेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।