0 COMMENTS

चैत १८, काठमाडौँ । महाशाखाका अनुसार मौसममा सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात पनि हुने मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।

आइतबार मौसममा केही सुधार हुने देखिएको छ । कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

सोमबार सुदूर-पश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।