0 COMMENTS

फागुन १०, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षिय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९ वर्षिया पुनम पुन र ४१ वर्षिया दिलमाया पुन छन् ।

बिओपी फुलवारीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्तान शैलेन्द्र थापाले जानकारी दिए । आरोपीहरुलाई बरामद चरेशसहित जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।