0 COMMENTS

असोज ४, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी संघ र प्रदेशको चुनावका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ ।

आयोगमा एकीकृत समाजवादीले बुझाएको सूचीमा स्थायी कमिटी सदस्य भबिसोर पराजुलीको नाम अग्रस्थानमा छ । पराजुली काठमाडौ –२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा पूर्वी नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनीधिसभा प्रत्यक्षतर्फको एमाले र माओवादीको गठवन्धन हुँदा वामपन्थी साझा उम्मेदवार थिए । त्यतीवेला उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार विपी कोइरालाका पुत्र सशांक कोइराला र धनाढ्य विनोद चौधरी लाग्दा पनि उनलाई हराउन हम्मेहम्मे भएको थियो । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको छ ।

नेपाली काँगे्रसको नेपालकै बलियो मानिएको निर्वाचन क्षेत्रमा पनि उनले २०७४ सालमा झण्डै साढे ३७ हजार भोट ल्याएका थिए । यसपटकको चुनावमा उनी त्यही क्षेत्रबाट आउने धेरैको अनुमान रहेपनि उनी अहिले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएकोप्रति धेरैको जिज्ञासा रहेको छ ।

पदाधिकारीबाट उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरीसहित तीन जनाको नाम सिफारिस भएको छ ।

त्यस्तै स्थायी कमिटी सदस्यहरु रामचन्द्र यादव, सावित्रा भुसाल, श्रीप्रसाद साह र लेखा आयोगका अध्यक्ष भरतकुमार श्रेष्ठ पनि समानुपातिकमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।