0 COMMENTS

साउन २९, काठमाडौँ । वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ । शनिबार ललितपुर र काठमाडौँको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको हो ।

ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको हो । महिलाको पहिचान खुलेको छैन ।

शनिबार नै काठमाडौँको सुन्दरीजलस्थित खोलामा चिप्लिएर बगेका एक युवकलाई पनि उद्धार गरिएको छ । प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतका अनुसार २७ वर्षीय सन्देश कार्कीलाई जीवितै उद्धार गरिएको हो । अपराह्न ५ बजे खोला बगेका उनको नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरिएको डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।