0 COMMENTS

साउन २८, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार बसेको चार कम्युनिस्ट पार्टीको बैठकले नेपाल बन्दसहित आन्दोलनको घोषणा गरेका हुन् ।

बैठकले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर भाद्र ७ गते नेपाल बन्दको घोषणा गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एमसीसी सम्झौता, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पूर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रमहरु संचालन गर्दै आएको स्पष्टै छ, बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, तर यो दलाल सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रिया विहीन भएर बसिरहेको छ ।

‘एमसीसी र एसपीपीको खारेजी, पक्राउ पूर्जी र झुट्टा मुद्धाको खारेजी, सम्पूर्ण बन्दी कमरेडहरुलाई रिहाई र आकासिँदो महङ्गी नियन्त्रण गर्न माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

राज्यआतङ्क, राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्चाउन, सुधार्न र रोक्न हामीसँग जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अको विकल्प नभएको चार पार्टीको निष्कर्ष छ ।

संघर्षका कार्यक्रम अनुसार भाद्र १ गते देशव्यापी जिल्लाप्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौँ उपत्यकाको माईतीघर मण्डलामा केन्द्रित विरोधसभा, भाद्र ६ गते देशव्यापी मशाल जुलुुस, भाद्र ७ गते नेपाल बन्द गर्ने जनाइएको छ ।

चार पार्टीमा विप्लव नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, ऋिषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी ‘शुसिल’को नेकपा माओवादी समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।