0 COMMENTS

साउन ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ । जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने राति प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भोलि मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । पर्सि बुधबार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका साथै पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन सबैमा अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।