0 COMMENTS

साउन ८, काठमाडौँ । नेपालमा आज ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३६० जनाको पीसीआर परीक्षणमा ३०३ जना र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ९५ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ४८९ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ५ प्रतिशत हो ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप ७८ हजार २२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।