0 COMMENTS

साउन ८, काठमाडौँ । पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ गइरहेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको हो। बस सडकबाट ३ सय मिटर तल खसेको छ, केहीको मृत्यु भएको आशंका छ, धेरै घाइते छन् ।’ प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ ।

यता घटनास्थलमा रहेका रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पोखरेलका अनुसार अहिलेसम्म ६ जनाको शव फेला परेको छ। ‘१७ जना घाइतेलाई उद्धार गरी तानसेन पठाएका छौं। गाडीभित्र अरू कति यात्रु छन् भन्ने हेर्दैछौं,’ उनले भने। घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । बस गुल्मीको मजुवाबाट बुटवल आउँदै थियो ।

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा बस दुर्घटना भएको छ । बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस केहीबेर अघि लघुवामा दुर्घटना भएको हो । बस सडकबाट करिब ३/४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।