0 COMMENTS

साउन ८, भक्तपुर । भक्तपुरको सल्लाघारीमा रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको बताए । उनका अनुसार मृतक र घाइतेहरूको नाम आउन बाँंकी नै छ । उनले काठमाडौँबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनिबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको बताए । उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरू थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ । घटना आइतबार दिउँसो १२ बजेतिर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।