0 COMMENTS

साउन ८, काठमाडौँ । स्वास्थ्य विकास सहकारी संस्था, चन्द्रागिरिको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका–१४ को कार्यालय, काठमाडौं परिसरभित्र सम्पन्न कार्यक्रममा सो सहकारी संस्थाका अध्यक्ष प्रतिपप्रसाद गौतमले संस्थाले राम्रा व्यवसायीहरु, उधोगीहरुलाई बिना धितो लगानी गर्दिएर उधोग, व्यवसायहरु फस्टाउने एक खाले नयाँ कार्यक्रमहरु गर्न लागिरहेको बताउनु भयो ।

मेडिटेसन गराई योग र ध्यानको महत्व दर्शाई यसको आवश्यकताको महसुस गराई, यस कार्यक्रमलाई तत्कालको लागि काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट शुरु गरी विस्तारै देशभरी र विश्वबजारमा लैजाने सहकारी संस्थाको उदेश्य रहेको संस्थाका अध्यक्ष गौतमले बताउनु भयो ।

कार्यक्रममा लोन विभागका प्रमुख लोकबहादुर बस्नेतले अरु फाईनन्सभन्दा कम ब्याजदर र फिक्स डिपोजिटको ब्याजदर अरु फाईनन्सको भन्दा बढि प्रतिशत दिने संस्थाको निर्णय भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार एवं समाजसेवी नारायण केसी, वरिष्ठ कानुनी सल्लाहकार ईश्वर हमाल, उपाध्यक्ष रमेश रिजाल (पारस), लेखा समिति संयोजक प्रवेश तिमिल्सिना, सचिव गणेश थापा मगर, कोषाध्यक्ष चन्दा रसाईली लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।