0 COMMENTS

असार २१, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङ हुँदै बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

डाइजापाम ९२४ एम्पुल, नुर्पिmन ९१७ एम्पुल र फेनार्गन ९०५ एम्पुलसहित चार जनााई पक्राउ गरिएको प्रहरीको भनाइ छ । सोमबार दिउँसो बागलुङ चिप्लेटी बसपार्कमा लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदेह नगरपालिका — ६ का ३३ वर्षीय लोकबहादुर थापा, पाल्पाको मदनपोखरा —७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका— २ का ३८ वर्षीय सुरथबहादुर घिमिरे र दाङ लमहीका २५ वर्षीय रोशन चौधरी रहेका छन् ।

त्यस्तै नेपाल प्रहरीले काठमाडौंको फर्पिङबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूओषधसहित बारा कलैयाका २४ वर्षीय इन्ताज अन्सारीलाई सोमबार पक्राउ गरेको हो । घटनामा संलग्नहरुलाई लागूओषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।