0 COMMENTS

असार ७, काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका छन् । मङ्गलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । साथै उनले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनुपर्ने माग पनि राखेका छन् ।

नयाँ पार्टी घोषणा गर्दै लामिछानेले भने, ‘म आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान् मान्छेहरूको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु ।’ उनले सबैजसो राजनीतिक दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको बताए । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नुपर्ने भएकाले दल गठन गरेको उनले सुनाए । उनले भने, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’

लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रहसमेत गरे । उनले पार्टीको भ्रातृ सङ्गठन नबनाउने पनि घोषणाा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए । लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।