0 COMMENTS

असार ७, काठमाडौँ । स्वतन्त्रबाट विजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तह चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका छन् । चुनावी खर्च सार्वजनिक गर्दै उनले मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको समेत बताए । साथै उनले भने, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’

मेयर बालेन साहले खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर, विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी पनिसमेत मागेका छन् । उनले भने, ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’

मेयर बालेन साहको चुनावी खर्च विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।