0 COMMENTS

असार ५, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि खेदजनक भएको बताएका छन् । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि समितिको बैठकबाट खेद प्रस्ताव परित गर्न प्रस्ताव गरेका हुन् ।

‘हिजो लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त बैठकमा अनुपस्थित लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’

आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतका विषयमा छलफल गर्न समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले समिति सभापति पवित्रा निरौला खरेललाई आउन नसक्ने जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।