0 COMMENTS

असार ६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यबृद्धि गरेको हो ।

पेट्रोलिय पदार्थको मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छैन । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य तर्फ १०० अमेरिकी डलरले बृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।