0 COMMENTS

जेठ २९, काठमाडौँ । नेपालमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १२ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २०४ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा १०६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०५ जना होम आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।