0 COMMENTS

जेठ २९, काठमाडौँ । विदेशबाट आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ परेका छन् । जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको भन्सार कार्यालयले जनाएको छ । प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक/एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।