0 COMMENTS

जेठ २९, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तत्कालिन सोभियत संघको भूमि भएको बताउँदै तत्काल फिर्ता लिएर छोड्ने घोषणा गरेका छन् । पीटर द ग्रेटको ३५० औँ जन्मदिनको अबसरमा युवा वैज्ञानिक तथा व्यवसायीसँगको छलफलमा बोल्दै पुटिनले आफ्नो क्षेत्र फिर्ता लिने र रक्षा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रपति पुटिनले युक्रेन–स्वीडनको नामै लिएर आफ्नो क्षेत्र फिर्ता लिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले बताएका छन् । पुटिनको नयाँ घोषणाले युरोप र अमेरिकाको निद हराम भएको छ । पुटिनलाई युक्रेनमै गलाउने योजनामा युरोप र अमेरिका छन् । तर, पुटिनले सोभियतकालिन भूमि फिर्ता गर्ने घोषणा गरेसँगै विश्वभर नयाँ हलचल मच्चिएको थियो । स्तानबुल शान्तिवार्ता पहिले सोभियतकालिन झण्डा फराउँदै रुसी सेना किभतिर अघि बढेका थिए । सोभियत झण्डासहित लामो ट्याङ्कको लाइन किभतिर बढिरहेको भिडियो रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतीय सुरक्षा विज्ञ आशिष सिंहले पुटिन योजनाबद्ध रूपमा अघि बढेको बताउँदै सोभितकालिन अवस्थालाई फिर्ता गर्न चाहिरहेको बताउँछन् । उनले रुस युक्रेनमा मात्रै सिमित नहुनेसमेत बताए । पुटिनले पीटर द ग्रेटको प्रसंशा गर्दै यसरी सार्वजनिक रूपमा सोभियतकालिन क्षेत्र फिर्ता गर्ने पहिलो पटक घोषणा गरेका हुन् । त्यस्तै पूर्व राजदूतसमेत भइसकेको भारतीय विदेश मामिलाका जानकारी दीपक बोहराले रुसको युद्ध युक्रेनसँग मात्रै नभएको बताए । “अहिलेको अवस्था पुटिन भर्सेस नेटो र पुटिन भर्सेस युरोप हो, यसमा जेलेन्स्की फसेका मात्रै हुन्” बोहराले भने, रुस युक्रेन युद्धका कारण कमजोर भएको छैन । उनले रुबोल अहिलेसम्मकै महँगो हुनेले यसको पुष्टि गरेको बताए । पुटिनको नयाँ घोषणासँगै रुसी सेनाले युक्रेनको राजधानी किभमा हमला बढाएको छ । स्तानबुल शान्तिवार्तापछि रुसी सेना किभबाट पछि हटेको थियो । पूर्वी युक्रेनका अधिकांश भू–भागमा नियन्त्रणमा लिएको रुसले फेरि राजधानी किभमा हमलालाई तेज बनाएको छ ।

रुसी सेनाले पछि हटेयताकै सबैभन्दा ठूलो हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । शान्ति भइसकेको किभमा फेरि सुरक्षा साइरन बच्न थालेका छन् । रुसी सेनाले किभ र खार्किभमा सँगै हमला गरेका छन् । भारतीय सञ्चारमाध्यम टिभी १८ का अनुसार अमेरिका र पश्चिमा देशहरूले दिएका लामो तथा छोटो दूरीमा मार हान्न सक्ने अस्त्र रुसी सेनाले ध्वस्त बनाइदिएको छ । युक्रेन पुगेका त्यस्ता अस्त्र रकेट लञ्चरदेखि ट्याङ्क थिए । त्यस्तै अमेरिकाले पछिल्लो खेप दिएका भारी मात्रा एन्टी ट्याङ्क मिसाइल पनि रुसी सेनाको नियन्त्रणमा पुगेको छ ।

यसअघि युक्रेनका रक्षामन्त्री ओलेक्सीले रुससँग सामथ्र्यमा समान नभएकोले आफूहरूले युद्धमैदानमा सोचेभन्दा ठूलो क्षति ब्यहोरिरहेको बताएका थिए । उनले दैनिक २ सैनिकको ज्यान गइरहेको र ५ सयको सङ्ख्या आफ्ना सैनिकहरू घाइते भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।