0 COMMENTS

जेठ २७, काठमाडौँ । धान र मकैमा हाल्ने रासायनिक मल नपाएपछि किसानहरु यतिबेला हाहाकारमा परेका छन् । तर, उत्तरी छिमेकी चीनसँग खरिद गरिएको रासायनिक मल भने तातोपानी भन्सारको गोदाममै थन्किएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भन्सारबाट छुटाउने अनुमतिपत्र नदिँदा ५ सय मेट्रिक टन मल भन्सारमै थन्किएको हो ।

लामो समयदेखि मल अभाव भएकाले मकै, धान र तरकारीका लागि मल नपाउँदा कृषक चिन्तामा परेका छन् । धान लगाउने सिजन सुरू भइसके पनि अझैँ मल आउने अत्तोपत्तो छैन । बेलैमा मकै, धान र तरकारी जस्ता बालीमा मल हाल्न नपाउँदा कृषक उत्पादन घट्ने चिन्तामा छन् । त्यति मात्र होइन, वर्षे बालीका लागि धान र कोदोको बिउ राख्न समेत ढिलाइ भएको छ । मलको प्रयोग गर्ने याममा वर्षेनी अभावको सामना गर्नुपरेको छ ।

सरकारले चीनबाट खरिद गरेर ल्याएको मल नाकामै थन्किएर बस्दा किसानलाई अर्को चिन्ता थपेको छ । चीनले नेपाललाई पठाउनुपर्ने ९ सय ८० मेट्रिक टन युरिया र ८० मेट्रिक टन डिएपी मात्र मौज्दात छ । यो मल मन्त्रालयको सम्झौतामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीमार्फत् भित्र्याउन लागिएको हो । तर मन्त्रालयले स्वीकृति दिएको छैन । मल खरिदका लागि जिम्मा पाएको कम्पनी र मन्त्रालयबीच प्रक्रिया नमिले जफत गर्ने चेतावनी भन्सार कार्यालयले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।