0 COMMENTS

जेठ २७, चितवन । चितवनको इन्छाकामना गाउँपालिकामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल–भारत मैत्री) बसको ठक्करबाट सोही बसका सह–चालकको मृत्यु भएको हो ।

उक्त बसको ठक्करबाट मृत्यु हुनेमा सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहाल रहेका छन् । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । बस र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।