कात्तिक २३, काठमाडौँ । लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले न्यासभिललाई ४–० ले हराएको छ। मेसीको दुई गोल र दुई एसिस्टमा मियामीले उत्कृष्ट जित निकालेको हो।
मेसीले खेलको १० र ३९औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई बलियो अवस्थामा पुर्याएका थिए भने दोस्रो हाफमा ७३ र ७६औं मिनेटमा टिउडो एलेनले थप दुई गोल गर्दै न्यासभिलमाथि उत्कृष्ट जित निकालेको हो।
यो जितसँगै इन्टर मियामी क्वाटरफाइनल प्रवेश गरेको छ।
