0 COMMENTS

कात्तिक २३, काठमाडौँ । लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले न्यासभिललाई ४–० ले हराएको छ। मेसीको दुई गोल र दुई एसिस्टमा मियामीले उत्कृष्ट जित निकालेको हो।

मेसीले खेलको १० र ३९औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई बलियो अवस्थामा पुर्याएका थिए भने दोस्रो हाफमा ७३ र ७६औं मिनेटमा टिउडो एलेनले थप दुई गोल गर्दै न्यासभिलमाथि उत्कृष्ट जित निकालेको हो।

यो जितसँगै इन्टर मियामी क्वाटरफाइनल प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।