0 COMMENTS

असार ६, काठमाडौँ । पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा हाइटीविरुद्ध सहज जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा आज (शनिबार) बिहान भएको समूह ‘सी’ काे खेलमा ब्राजिलले हाइटीलाई ३–० को सहज जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए । कुन्हाले खेलको २३औँ र ३६ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए ।

यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अङ्कका साथ समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएको छ । ब्राजिलको २ खेलबाट ४ अङ्क हुँदा समान ४ अङ्क भएको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ भने, ३ अङ्क जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । योसँगै ब्राजिलको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ । यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।

अब  असार ११ गते राति ३:४५ बजे ब्राजिलले स्कटल्यान्ड र असार ११ गते राति ३:४५ बजे माेरक्काेले हाइटीसँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।