0 COMMENTS

जेठ २२, काठमाडौँ । नेपालमा आज थप १३ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कूल १ हजार ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थप ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो । हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ३७ जना निको भएका छन् । सोही समयमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १ सय १० जना रहेको छ । पछिल्लो २४ घन्टामा थप ११ हजार ९ सय ७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।